
काभ्रे । नेपाल बन्दमा गाडी चलाएको भन्दै तोडफोड गर्ने विप्लव नेकपाका कार्यकर्ताको स्थानियबासीले रामधुलाई गरेका छन् । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जना बन्दकर्तालाई स्थानीयबासीले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । स्थानियबाट कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताएका छन् ।
विप्लव नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो । काभ्रेको बनेपास्थित चार दोबाटो चोकमा आज बिहान भेला भएका बन्दकर्ताले बन्दमा गाडी किन चलाएको भन्दै
गाडीमा ढुंगा हानेपछि चालक र स्थानियहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । त्यसलगत्तै प्रहरीले उनिहरुको हातबाट छुटाएर आफ्नो नियन्त्रणमा लिएको थियो । अन्य ८ जना बन्दकर्तालाई पनि नियन्त्रणमा लिइएको काभ्रेका प्रहरी प्रमुख जोशीले बताए।
ओली सरकारसँग २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव सुमहले बन्द आज नेपाल बन्दको आह्वान गरेका थिए ।










