
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी संसदमा टेबल गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेवल गरेका हुन् ।
एमसीसी टेवलपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदको अर्को बैठक फागुन १२ गतेसम्मका लागि स्थगित गरेका छन्।
एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।









