केपी ओलीमा अझै शक्तिशालीको भ्रम छ, त्यो स्थानिय चुनावले तोडिदिनेछ- माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओली अझै लागेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको र त्यो भ्रम आगामी स्थानिय चुनावले तोडिदिने बताए ।

एमसीसीको नाममा काँग्रेससंग सहकार्य गरी आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गर्ने योजना पनि ओलीको विफल भएको उनको भनाई छ । एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक दुईदिनसम्म चल्नेछ ।

बैठकमा अध्यक्ष नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन भने सोही प्रतिवेदनमाथि नेताबीच गहन छलफल हुनेछ ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार