इलाममा एमालेको विजय जुलुसमा सहभागी जिप दुर्घटना, १६ जना घाइते

इलाम । इलाममा नेकपा एमालेको विजयी जुलुसमा सहभागी जिप दुर्घटना हुँदा १५जना भाइते भएका छन् । इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप जिप दुर्घटना भएको युवा संघ नेता दिनेश ढकालले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको ढकालले बताए ।

इलाम नगरपालिका ५ का निवर्तमान वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताउअनुसार घाइते हुनेमा तुलसा ढकाल, इनपा ४, रामचन्द्र खनाल इनपा ५, प्रकाश सोङ्मी इनपा ४, रमेश राई सन्दकपुर १,दीक्षा आचार्य इनपा ५,दुर्गादेवी घिमिरे इनपा ५, धनप्रसाद दुलाल इनपा ४, राधिका खनाल इनपा ५, वेदप्रसाद रिजाल इनपा ४, माया ढकाल इनपा ४, सूर्यप्रसाद दुलाल इनपा ४, लक्ष्मी दुलाल इनपा ४, कृष्ण घिमिरे इनपा ५,खेलनाथ खनाल इनपा ५, नङप्रसाद तिवारी इनपा ५, कृति ढुंगाना इनपा ४ रहेका छन् ।
घाइतेहरूलाई अहिले उपचारका लागि इलाम अस्पताल ल्याइएको छ ।

इलाम क्षेत्र २ को उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्बाङको विजय सभामा सहभागी हुन गाउँ–गाउँबाट मानिस इलाम बजार आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार