माधव नेपालले केपी ओलीलाई लक्षित गर्दै भनेः छुद्र अभिव्यक्ति दिनेसँग गठबन्धनको कल्पना नगरौं

जनकपुर । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले एमालेसंग गठबन्धन हुने कल्पना बाहिरको कुरा भएको बताएको छन् ।

पार्टीको मधेश प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्न जनकपुर पुगेका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै छुद्र अभिव्यक्ति दिनेसंग कुनै किसिमको गठबन्धन नहुने बताएका हुन्।

एमालेसँग पनि गठबन्धन हुन सक्छ कि, भन्ने संचारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले छुद्र अभिव्यक्ति दिनेसँग गठबन्धन सम्भावना नभएको बताएका हुन् ।

‘जुन एमालेका नेताको बोली, अभिव्यक्ति छुद्र छ, त्यस्तो छुद्र शब्द प्रयोग गर्नेहरुसँग गठबन्धनको सम्भावना देख्नु बडो विचित्रको हुन्छ, त्यसको कल्पना पनि नगरौं’, नेता नेपालले भने। अध्यक्ष नेपालले स्थानिय चुनावसम्म सरकार परिर्बतनको कुनै सम्भावना नभएको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार