
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दुबै देशबीचको सम्बन्ध र आगामी सहयोग, सहकार्यका बिषयमा घनिभुत छलफल भएको छ ।
उक्त भेटमा चिनियाँ विदेशमन्त्री यीले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको सहयोग र रिणमा निर्मार्ण कार्य सम्पन्न भइरहेको छ ।
नेपालको तीनदिने औपचारीक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यी र परराष्ट्र मन्त्री डा. खड्काबीच असअघि सिंहदरवारमा भएको भेटवार्तामा विभिन्न आर्थिक र प्राविधिक सहयोग विषयमा ९ बुँदे सम्झौता भएको थियो ।











