
काठमाडौं । “छैटौंँ टुबोर्ड राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगीता” हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यहि चैत्र १६ देखि १९ गतेसम्म प्रतियोगीता हुन लागेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अध्यक्ष रमेश बिजीले जानकारी दिए ।
प्रतियोगीताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष बिजीले प्रतियोगीतामा देशभरबाट ७० वटा दोहोरी टिमले भाग लिन लागेको बताए ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई रु. २ लाख २५ हजार, प्रमाण पत्र मेडल र शिल्ड, दोस्रो हुने टिमलाई रु. १ लाख ५० हजार नगद, प्रमाण पत्र र मेडल र तेस्रो हुने टिमलाई रु १ लाख नगद, प्रमाणपत्र र मेडल पुरस्कार दिइने अध्यक्ष बिजीले जानकारी दिए ।
उनकाअनुसार प्रतियोगितामा सान्त्वना हुने टिमलाई रु ५० हजार नगद, प्रमाण पत्र र मेडल दिईनेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने दुईजना पुरुष र दुईजना महिलालाई जनही १० हजार, प्रमाण पत्र र मेडलको ब्यवस्था पनि रहेको उनले बताए । प्रतियोगितामा भेषभुषा र अनुसाशनमा उत्कृष्ट टिमलाई पनि १० हजारसहित प्रमाण पत्र र मेडल दिइनेछ ।
प्रतियोगीता हेर्न आउने दर्शकसंग कुनै पनि किसिमको शुल्क नलिइने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगितामा करिब एक लाख दर्शकको सहभागिता रहने अपेक्षा गरेको छ ।

सर्जकलाई रोयल्टी दिइने
टुबोर्ड राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगीता गर्दा गीतमा प्रयोग हुने भाकाका सर्जकलाई आयोजकले रोयल्टी दिने भएको छ ।
प्रतियोगिता अवधिभरी प्रयोग भएका भाकाहरुका सर्जकलाई रोयल्टी दिने बिषयमा आयोजकले रोयल्टी समाजसंग छलफल गरिरहेको अध्यक्ष बिजीले जानकारी दिए ।
“हामी सिधै कलाकारलाई स्टेजमा बोलाएर उहाँको रोयल्टी दिदैनौं तर उहाँको भाका प्रतियोगीताका यति दिन प्रयोग गरेका छौं भनेर रोयल्टी समाजलाई एकमुस्ट रकम दिन्छौं । त्यहाँबाट सम्बन्धित कलाकारले आफ्नो रोयल्टी बुझ्नसक्नु हुन्छ”, अध्यक्ष बिजीले बताए ।
पत्रकार सम्मलेनमा उठेका जिज्ञासाहरुको जवाफ दिदैं अध्यक्ष बिजीले प्रतियोगितामा आजसम्म बालबालिकाको नाम दर्ता नभएको समेत जानकारी दिए ।
जारी विज्ञप्ती पढौं

भिडियो हेरौं












