
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्य रहेको बताएका छन् ।
आज रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममामा बेल्दै मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।
मन्त्री कार्कीले गठबन्धनको सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको समेत बताए । देशमा एतिहासिक राजनीतिक उपलब्धि हासिल भएकाले अब सम्पुर्ण शक्ती विकास र समृद्धिमा लगाउनुपर्नेमा जोड दिए ।








