नयांबर्षकै दिन भिम रावलले ओलीसंग कड्किदै भनेः सूर्य चिह्न बिक्री भएको हो ?


काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो ? भन्दै कडा प्रश्न गरेका छन् । एमालेले साना दुई दल राप्रपा र परिवार दलसंग चुनावी गठबन्धन गर्दै दुबै दललाई सुर्य चिन्हमै चुनाव लड्न दिने नेतृत्वको निर्णयप्रति नेता रावल कड्किएका हुन् । उनले आज नयांबर्ष कै दिन सामाजिकसंजाल टुइटरमा पार्टी अध्यक्ष केपी ओलीसंग कड्किदै सुर्य चिन्ह बिक्री हुने व्यसायिक चिन्ह हो भन्दै प्रश्न गरेका हुन् ।

एमालेले हिजोमात्रै कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दललाई सूर्य चिह्नमै चुनाव लड्न दिनेगरी गठबन्धन गरेको थियो । जसमा नेता रावलले घोर आपत्ति जनाएका छन्। उनले सुर्य चिन्हमा चुनाव लड्नका लागि एमाले हुनुपर्ने बताएका छन्। राप्रपा र परिवार दललाई सुर्य चिन्ह दिनु ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् । गठबन्धन गरिएका दललाई नेता रावलले एमालेसंग कुनै राजनीतिक सिद्धान्त नमिल्ने समेत बताएका छन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’ , रावलले टुइटरमा प्रश्न गरेका छन् ।

भिडियो पनि हेरौं

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार