पत्रकारिता भन्दा पनि मिसनकारितामा बढ्यो-मन्त्री बाँस्कोटा

मिडिया ट्रयाल हुन सक्दैन, अदालती ट्रायल हुन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्रविरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

शुक्रबारको राष्ट्रियसभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले भने, “पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्यो, स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्रविरोधी कार्यलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।”

उनले नेताहरुको मानमर्दन गरि स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने बताए  ।

मन्त्री बाँस्कोटाले नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सीमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको स्पष्ट पारे ।

विधेयकमा कारवाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टिकरण अनि क्षतिपूर्ति वा जरिवानाका विषय राखिएको भन्दै उनले क्षतिपूर्ति र दण्ड जरिवानाका कुरालाई अदालति प्रक्रियामा लैजान सकिने बताए ।

उनले नेताहरुको मानमर्दन गरि स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषयमा सरकार सहमत हुन नसक्ने बताए ।

मन्त्री बास्कोटाले अनुजा, भक्तमान, दिलशोभा लगायत प्रकरणबाट सरकार अनुशप्त रहेको स्मरण गराउँदै कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिइने चेतावनी समेत दिए ।

आमसञ्चारसम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई सम्बृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिबद्धता पनि उनले जनाए । छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार