आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै


काठमाडौं । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह चुनावका लागि आज र भोलि मनोनयन दर्ता गरिदैछ। निर्वाचन आयोगले दुई दिन दिएको समअनुसार आज र भोली मनोनयन दर्ता गरिन लागेको हो । आयोगले आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई आज र भोलीसम्म उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।

आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समयावधि तोकेको जनाएको छ। यसअघि आयोगले मनोनयन दर्ताका लागि एकदिनको समय तोक्दै आएकोमा यसपटक दुई दिन राखेको छ ।

एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, स्वयम निर्वाचन अधिकृतको कार्यालयले सबै काम सक्न समय अपुग हुने हुँदा दुई दिन राखिएको आयोगले स्पष्ट पारेको छ । मनोनयनका लागि दुई दिनको समय दिएकोप्रति नेकपा एमालेले असन्तुष्टी राखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार