निहारिका राजपुतको माग संवोधनः बालक र बलात्कार आरोपी श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश

काठमाडौं। बलात्कार पीडित भनिएकी निहारिका सिंह राजपुतको माग अदालतले संवोधन गरेको छ । उच्च अदालत जनकपुरले निहारिकाबाट जन्मिएको बालक र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएपछि उनको माग संवोधन भएको हो। महोत्तरीकी निहारिकाले बलात्कारबाट जन्मिएको बालकलाई स्विकार नगरेकाले डिएनए जाँच गरिपाउँ भन्दै काठमाडौंमा आन्दोलनरत थिइन् ।
उनको मुद्धाउपर आज उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बालक र आरोपीत श्रेष्ठको डिएनए जाँच गर्न आदेश दिएको हो।

आदेशमा शिवराज श्रेष्ठ र पीडितका छोरालाई उच्च सरकारी वकिल कार्यालय, जनकपुरमार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा र पीडितको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्न भनिएको छ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । र उनले डीएनए परीक्षण गर्न आफू तयार रहेको बयान यसअघि नै दिसकेका छन् ।

आफ्नो बच्चा र आरोपित श्रेष्ठको डीएनए परीक्षण हुनुपर्ने माग गदै निहारिका काठमाडौंसम्म पुगेर अनशन बसेकी थिइन् । उनको माग संवोधन हुने आश्वासनपछि उनले अनशन तोडेकी हुन् । निहारिकाले आफुमाथि अन्याय भएको भन्दे राष्ट्रिपति कार्यालय अगाडी आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । सफाइ दिने न्यायाधीश पर्शुराम भट्टराई छानबिनका क्रममा अहिले सर्वोच्च अदालतमा तानिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार