अध्यक्ष ली चान्सु र प्रचण्डबीच भेटवार्ता


काठमाडौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा ली चान्सु र प्रचण्डबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो । अध्यक्ष लीले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार