चुनावी सभामा ‘भीम रावल खोई’ भनेपछि ओलीले भनेः ‘भीम रावलको माया लागे अछाम जानुस्’

दैलेख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी डा. भिम रावलबारे तितो जवाफ दिएका छन् । आज दैलेखमा आयोजित एमालेको चुनावी सभालाई ओलीले संवोधन गर्दै गर्दा सहभागी भीडले नेता ‘भीम रावल खोई ?’ भनेपछि ओलीले निकै तितो जवाफ दिएका हुन् । सभामा सहभागी एमाले कार्यकर्ताले पटक पटक ‘भीम रावल खै ?’ भन्दै प्रश्न गरेपछि ओलीले जंगिदै ‘भीम रावलको माया लागेको भए अछाम जानुस’ भन्दै तितो जवाफ दिएका थिए ।

‘तपाईहरु चुप लागेर बस्नुस् । भीम रावलको धेरै माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्’, ओलीले भने ।
ओलीले त्यस्तो जवाफ दिएपछि कार्यक्रममा एकछिन होहल्ला समेत भएको थियो ।

यसअघि पनि अध्यक्ष ओलीले कंचनपुरको महेन्द्रमा चुनावी सभालाई संवोधन गरिरहेका बेला कार्यकर्ताहरुले ‘भिम रावल खोई’ भनेपछि उनि आक्रोषित हुँदै ‘रावल बुढो भइसक्नु भयो, सुदूरपश्चिममा अरु पनि रावलहरु छन्, तिनिहरुलाई अघि बढाइन्छ’ भन्दै जवाफ दिएका थिए । उनको उक्त अभिब्यक्तीको निकै चर्चा भएको थियो । जसबारे स्वयम नेता रावलले ओलीको विरोध गरेका थिए ।

ओलीले नेता रावललाई चुनावमा टिकट नदिएपछि उनका समर्थकहरु ओलीदेखि रुष्ट छन् । रावल अछाम-१ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि एकल सिफारीस भएपनि अन्तिममा अर्कैले टिकट पाएका थिए । जसमा नेता रावलले आफुमाथि अध्यक्ष ओलीले ठुलो अन्याय गरेको बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार