टेलिकमले फाइभजी सेवाको आन्तरिक परीक्षण शुभारम्भ गर्दै


काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरु गर्दै छ। टेलिकमले आज आफ्नो १९औं वाषिर्कोत्सवको अवसर पारेर फाइभजी सेवाको परीक्षणको औपचारिक रुपमा शुभारम्भ गर्न लागेको हो ।

बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिने टेलिकमले जनाएको छ । यो सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै गर्न पाउनेछन् ।

सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्युन रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार