बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यति बेला चुनावी मैदानमा छन् । बारा–२ बाट उम्मेदवार बनेका यादव चुनावी घरदैलोमा जनतासंग मत मागिरहेका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा यादवको पक्षमा जनमत बलियो बन्दै गएको उनले दावी छ।
उपप्रधानमन्त्री समेत भइसकेका यादवले बारा २ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको बताएका छन्। चुनावमा आफुले पाउने मतको पुर्वअनुमान भन्दा पनि जनताले अत्याधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।
मधेस र मधेसी जनताको लागि लामो समयदेखि लड्दै आएकाले बारा २ का जनताको समस्या समाधान आफ्नो प्राथमिकता रहने बताए ।
घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस क्षेत्रमा किसानका लागि सिँचाइ र मल खादको समस्या रहेकाले यसको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
उनले यस क्षेत्रमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको पनि समस्या रहेकाले त्यसको समाधानका लागि आफ्नो जित अनिर्वाय रहेको यादवको भनाई छ ।
अध्यक्ष यादवले आफुले चुनाव जितेकोखण्डमा समाजमा व्याप्त विभिन्न खाले विभेद, अशिक्षा र बेरोजगारी हटाउने गरी कार्यक्रम र योजनाहरु ल्याउने समेत बताए ।
घरदैलो कार्यक्रममा रहेका पार्टीका बागमती प्रदेश सचिव अजय निरालाले अध्यक्ष यादवको पक्षमा जनलहर बढ्दै गइरहेको बताए ।
जसपाका अध्यक्ष यादवले बाराबाट उपराष्ट्रपति बनाउन सफल भएकाले पनि जनता उनलाई मत दिएर विजयी गराउन तयार रहेको सचिव निरालाको भनाई छ ।