सरकारले मिटरब्याज सम्बन्धी विधेयक ल्याएपछि पीडित मनाए खुशीयाली


जनकपुर । सरकारले मिटरब्याज सम्बन्धी विधेयक संसदबाट पास गरेको भन्दै पीडितहरुले खुशीयाली मनाएका छन् । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली निकालेर खुशीयाली मनाएका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मिटरब्याज सम्बन्धी संशोधन विधेयक–२०८० पास गरेको थियो ।

मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले जनकपुरमा र्‍याली निकाल्दै खुशीयाली मनाएका छन् । पास भएको वियेधकलाई छिटो भन्दा कार्यान्वयन लगेर पीडितलाइृ न्याय दिन उनिहरुले सरकारसंग माग समेत गरेका छन् ।

संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजविरुद्ध सम्बन्धी विधेयक पास हुनु मिटरब्याज पीडितको ठूलो सफलता भएको बताउँदै खुशी ब्यक्त गरेका छन्। सरकारले आफ्नो पीडा बुझेको भन्दै पीडितहरुले धन्यवाद समेत दिएका छन्।

देशका विभिन्न ठाउँबाट आएर मिटरब्याज पीडितहरुले काठमाडौंको माइतीघरमा महिना दिनसम्म धर्ना दिएका थिए । कतिपय पीडितहरु अझै पनि माइतीघरमा त्रिपाल हालेर धर्ना बसिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार