सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक


काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक बिहीबार राजपत्रमा प्रकाशित भएसँगै श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० पुगेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० साउन १ बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

वृद्धि भएको पारिश्रमिकमा चिया बगानका श्रमिकका लागि भने आठ हजार नौ सय ३४ आधारभूत र चार हजार नौ सय ५९ महँगी भत्ता गरेर मासिक १३ हजार आठ सय ९३ तोकिएको छ। मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो ।

चिया बगानका श्रमिकलाई आधारभूत र महँगी भत्ता जोडेर दैनिक पाँच सय पारिश्रमिक निर्धारण गरिएको छ । यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ निर्धारण गरिएको छ ।

उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार