काठमाडौं । गएराती आएको भिषण हावाहुरीमा परी बारा र पर्सामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ । गृह मन्त्रालले सोमबार दिउँसो सार्वजनिक गरेको सनाखतको सूची अनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका, १२ जना पुरुष र १० महिला छन् ।
बारा फेटा गाउँपालिका वडा नम्बर १ का अन्दाजी ५५ बर्षिय हरिनारायण दास, ४५ बर्षिय मनोरमा दास, २४ बर्षिय रुनि देवी, ६ बर्षिक नन्द पटेल, फेटा गा.पा. ६ की १२ बर्षिय रुबी खातुन वडा न. ६ कै २५ बर्षिय बिबिमा खातुन, ३० बर्षिय मिना खातुन, १८ बर्षिय सवनम खातुन, ५० बर्षिय मुस्तकिमा खातुन, ४ बर्षिय आलिशा खातुन, ४० बर्षिय सकिया खातुन, ११ बर्षिय नोक्सार मिँया, १३ बर्षिय शम्सिधा खातुन रहेका छन् ।
त्यसैगरी, प्रसौनी गाँउपालिका वडा नम्बर १ बाराका ५५ बर्षिय अक्षयलाल माझी, कलैया उ.म.न.पा १८ का अन्दाजी ५० बर्षिय गढिमा देवी, बिरगँज उ.म.न.पा. १८ का अन्दाजी १८ बर्षिय सरोज राम छन् ।
त्यस्तै, सुवर्णपुर गाउँपालिका वडा न. ८ बारा बस्ने अन्दाजी ३० बर्षिय दरिफा खातुन, सुवर्णपुर गाउँपालिका वडा न. ४ का अन्दाजी ६० बर्षिय श्रीप्रसाद यादव ।
त्यसैगरी, महागढीमाइ नगरपालिका बाराका ७५ बर्षिय कोइरी देवी छिन ।
त्यस्तै, भवानीपुर गाउँपालिका १ पर्साका अन्दाजी ४५ बर्षिय राम माझी, र सुरज माझी रहेका छन ।
घटनामा परी केहि भारतीय नागरिकको पनि मृत्यु भएको छ ।
भारको मोतीहारीका अन्दाजी २२ बर्षिय कालुपक्कर राजेश मुखिया, भारतको सितामढीका २३ बर्षिय बोक्ता अवधेश पासवान, भारतको उत्तरप्रदेश बरैली लाजगञ्जका ४१ बर्षिय राधे लोढि रहेका छन ।