तीनकुने घटनामा पूर्वराजालाई कारबाहीको दायरामा ल्याउन माओवादीको माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले तीनकुनेको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेको छ ।

आज प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसल एवम् पूर्वमन्त्री रेखा शर्माले यस्तो माग गरेकी हुन् ।
चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा मानविय र करोडौंको धनमाल क्षती भएकाले त्यसको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेकाले उनलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले माग गरेकी छन्।

आन्दोलनको आयोजक र कमाण्डर जुन व्यक्ती र संस्थालाई राखिएको भए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र प्रमुख पात्र रहेकाले उनि कारवाहीको योग्य रहेको उनको भनाई थियो ।

आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको स्पष्ट रूपमा देखिएको छ । संविधान र कानुनभन्दा माथि कोही छैन । पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीको तर्फबाट माग गर्दछु, सांसद शर्माले भनिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार