पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेना मारिए


काठमाडौं। पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । भारतीय सेनाको फाइभ फिल्ड रेजिमेन्टमा कार्यरत लेसनायक दिनेश कुमारको मृत्यु भएको हो ।

भारतीय सेनाको सामाजिकसंजाल ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखिएको छ, ५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी सेनाको गोलाबारीको क्रममा आफ्नो प्राण आहुति दिएका छन्।’

कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलामा भारतले मंगलबार मध्यराति पाकिस्तानको ९ वटा क्षेत्रमा हवाई आक्रमण गरेको थियो । जसमा परेर हालसम्म ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।

पहलगाम घटनाको बदलामा भारतले अपरेसन सिन्दूर नाम दिएर पाकिस्तानमाथि आक्रमण सुरु गरेको छ । दुबै देशका आक्रमणको भपेटामा सर्वसाधारण जनताले जनधनको क्षती भोग्नु परिरहेको छ । दुबैतर्फका अन्धाधुन्ध गोलीबारीका कारण सयौं बासिन्दा भूमिगत बंकरहरूमा शरण लिन, सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् ।

भारत पाकिस्तान युद्धका बिषयमा शक्ति राष्ट्रहरु अमेरिका,चीन, रुस बेलायतले शान्ति कायम राख्न दुबै देशलाई आग्रह गरिरहेका छन् । छिमेकमा सुरु भएको युद्धले नेपालमा पार्ने असरहरुका बिषयमा चिन्ता, चासो र बहसहरु सुरु भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार