पोखरामा नेसपाका केन्द्रीय सचिवालय सदस्य सहित १४ जना माओवादी प्रवेश


पोखरा । नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्र पोखरा महानगर समितिको आज दोस्रो सम्मेलनको उद्घाटन समारोहमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले उनिहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरु बढेकाले ८४ को चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दावी गरे ।

संघीय गणतन्त्रको प्रमुख नेतृत्वकर्ता माओवादी कमजोर भएकाले राजावादीहरुले टाउको उठाउने ठाउँ पाएको भन्दै प्रचण्डले अब प्रतिगमनविरुद्ध सबै प्रगतिशिल, क्रान्तिकारीहरु गोलबद्ध हुन जरुरी रहेको बताए ।

अध्यक्ष प्रचण्ड पोखरा पुग्दा नेपाली कांग्रेस स्याङ्जा फेदिखोला गाउँपालिकाका नेता लालबहादुर अधिकारी पनि माओवादी केन्द्रमा प्रवेश गरेकमा छन् ।

आजै बिहान प्रचण्डको निवास खुमलटारमा नेसपाको कर्णाली प्रदेशका अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार