घुस अडियोकाण्डपछि मन्त्रीको राजीनामाः भन्छन्,’नखाएको विष पनि लाग्दो रहेछ’


काठमाडौं । घुस मागेको अडियो लिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई सहयोग पुगोस् भनेर आफुले राजीनामा दिएको गुप्ताले बताए ।

एमालेबाट पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद समेत रहेका गुप्ताले घुसकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । राजीनामापछि फेसबुकमा स्टाटसमा लेख्दै उनले नखाएको विष लागेको समेत बतमाएका छन् ।

‘कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु,
उनले स्टाटसमा लेखेका छन् ।

फेसबुक स्टाटस
बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ ।
कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।
अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार