प्रधानमन्त्रीसंगको छलफलपछि रविले भेटे राष्ट्रपति

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज उनले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति पौडेलसँग देशको पछिल्लो अवस्थाबारे भेटवार्ता गरेका हुन् ।

सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई भेटे लगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।
राष्ट्रपतिलाई भेटेर सभापति लामिछानेले हिमताल फुटेर रसुवाको भोटेकोसीमा आएको भयानक बाढीले गरेको कल्पनिय क्षतीबारे कुराकानी गरेका छन् । बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार र राहातका बिषयमा उनले राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार