
नुवाकोट। कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका छन् । आज दिउँसो बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा पुगेर क्षतीको अवलोकन गर्दै प्रभावित स्थानियहरुको पीीडा, समस्याहरु सुनेका छन् ।
सभापति थापाले नुवाकोटको त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस, टुप्चे दर्शन टार, पिपलडाँडा, कुमलटार लगायतका बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतीको अवलोकन गर्नुका साथै प्रभावितहरुको गुनासो समेत सुन्ने काम गरेको नुवाकोटका काँग्रेस नेता एवम् समाजसेवी जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
सभापति थापासँग बाढी प्रभावितहरुले बेपत्ताहरुके खोजी र उद्धारमा निकै ढिलाई भइरहेको भन्दै गुनासो गरेका छन् ।
हिमताल फुटेर त्रिशुली, भोटेकोशीमा आएको भयानक बाढीबाट नुवाकोटमा पनि ठुलो धनजनको क्षती भएको छ । यसअघि काँग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले पनि नुवाकोटका बाढीग्रस्त क्षेत्रको अनुगमन गरेका थिए ।














