काठमाडौं । लामो सकसकाबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ ।
आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।
नेताहरुबीच भएको पूर्व सहमति अनुसार तत्कालीन एमालेबाट ४५ र तत्कालीन माओवादीबाट ३८ जिल्ला इन्चार्ज तोकिएका छन्। तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज तोकेर सन्तुलन मिलाइएको छ।
राष्ट्रिय राजनितीमा बिषेश महत्व राख्ने काठमाडौं जिल्लाको ईन्चार्जमा सावित्रा भुसाललाई तोकेको छ । ९ जना सहइन्चार्ज तोकिएका छन् ।त्यसैगरी, जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।काठमाडौं महानगरको इन्चार्ज भने जीवनराम श्रेष्ठ तोकिएका छन् ।
हेर्नुहोस प्रत्येक जिल्लाका इन्र्चाज र सहइन्चार्जको नामावली ।
https://drive.google.com/file/d/1FubBplKiU1G_qtAxKmykldKxSnL7j5M2/view











