काठमाडौं । एलपी ग्याँस अब सहुलियत दरमा पाइने भएको छ । निम्न आय भएका उपभोक्ताहरुलाई मध्यनजर गर्दै सरकारले एलपी ग्याँस छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरिरहको छ ।
नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सो कुराको जानकारी दिएका हुन ।
आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्याँस उपलब्ध गराउने सरकारको तयारी भईरहेको उनले बताए ।
मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको समेत दावी गरेका छन् ।










