निर्दयी छोराले गरे आफ्नै बुवाको हत्या

कैलाली । कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका ११ सिसैयामा ५५ बर्षिय छोरा उदे रावतले आफ्नै बुवा ७५ वर्षिय काल्चे रावतको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराती करिब साढे एघार बजे छोराले हसिया प्रहार गर्दा बुवाको मृत्यु भएको हो ।
छोराको आक्रमणमा परी उदेकी नन्दे रावत पनि गम्भिर घाईते छन् ।

उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशिले जानकारी दिए ।
हत्या गरि फरार रहेका रावतलाई हिजै राती प्रहरीले पक्राउ गरि घटनाबारे थप अनुसन्धान र कारवाही प्रकृया अघि बढाएको छ ।
प्रहरीका अनुसार घरायसी विवादका कारण छोराले आफ्नै बुवा हत्या गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार