नायक दिलीप रायमाझी सुपुत्री दिव्या फिल्म खेल्ने तयारीमा

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र जगतमा नयां कलाकार आउनेक्रम अघि बढिरहेको छ । यसैक्रममा नृत्य र अभिनयमा लोकपृय मानिने नायक दिलीप रायमाझीकी सुपुत्री दिव्या पनि चलचित्र क्षेत्रमा आउने हल्लाले बजार तातेको छ ।

हाल अमेरिकामा रहंदै आएकी दिव्या स्वयं पनि चलचित्र क्षेत्रमा आफ्नो करियर बनाउन इच्छुक रहेको बुवा दिलिप बताउँछन ।
दिलीप सुपुत्री दिव्याले चलचित्र ‘लक्का जवान’ मार्फत चलचित्र क्षेत्रमा डुबुल्की मार्ने भएकी छन् ।

दिलीपको समेत लगानी रहने यस चलचित्रमा छोरीलाई पर्दामा उर्ताने चर्चा यतिखेर चलिरहेको छ ।
चलचित्रका निर्देशक शिवहरि पौडेलले समेत दिव्याले अभिनय गर्ने विषयमा पहल भैरहेको भिडियासामु बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार