सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्दै


काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो । नयां नक्सा सार्वजनिक गर्नु नै भारतले हडेपेको नेपाली भूमी फिर्ता ल्याउने सुरुवाती चरण भएको विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार