मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन) ३ को अडिसन भव्य रुपमा सम्पन्न, ५० जना सहभागि

काठमाडौं । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन) ३ को अडिसन शनिवार भव्य रुपमा सम्पन्न भएको छ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार काठमाडौको सामाखुसी स्थित बिशाल मल्टि स्पोर्ट्स ट्रेनिङ एण्ड टुर्नामेन्ट सेन्टरमा अडिसन सम्पन्न भएको हो ।

मिस एण्ड मिसेस ईण्डिजिनियस २०२४ सिजन थ्रीका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट आएका विवाहित र अविवाहित गरि ५० जना आदीवासी जनजाती महिलाहरुले अडिसन दिएका छन् ।

अडिसनबाट छनौटमा परेकाहरुका लागि जेठको पहिलो हप्ताबाट प्रशिक्षण क्लास सुरु हुने आयोजक शान्ता तामाङले जानकारी दिइन् । क्लासमा मोटिभेसन, महिला शसक्तीकरण, भेषभुष, संस्कृती लगायत बिषयमा प्रशिक्षण दिइनेछ । यसका साथै प्रतियोगीहरुलाई महिला हिंसाबारे कानुनी ब्यवस्था, आत्मसुरक्षा लगायतका बिषयमा पनि प्रशिक्षण दिइने आयोजक तामाङले अनमोलपोस्टलाई बताइन् ।
उनकाअनुसार प्रशिक्षण क्लासहरु सम्बन्धित क्षेत्रका विज्ञहरुबाट दिइने छ ।

यस्तै प्रतियोगिताको ग्राण्ड फिनाले भने असार पहिलो हप्ता हुने आयोजक तामाङले जानकारी दिइन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाण पत्र सहित नगद पुरस्कार दिइनेछ ।

प्रतियोगितामा संगीतकार तथा साधना कला केन्द्रका फाउण्डर मिलन मोक्तान, इन्टरनेशनल कोरियो ग्राफर रोजिन शाक्य, तामाङ चलचित्रका कलाकार तथा डाइरेक्टर आरम्भ तामाङ, मिसेस तामाङ २०२३ का विजेता सरिता तामाङ, मिसेस इन्डीजिनियस २०२१ विजेता आसा थापा, मिस इण्डिजिनियस २०२१ नर्मता तामाङ, मिसेस तामाङ २०२३ का फस्ट रनर अप दुर्गा तामाङ, मिसेस तामाङ २०२३ का सेकेण्ड रनर अप मिना यक्सो तामाङ रहेका छन् ।

कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य डोल्मा तामाङ, विशिष्ट अतिथि संविधान सभा सदस्य एवम् पूर्वमन्त्री परशुराम तामाङ, अतिथि डा. देउती गुरुङ थिए ।

एसके इन्टरटेनमेन्टले हरेक बर्ष मिस एण्ड मिसेज गुरुङ, मिसेस तामाङ र मिस एण्ड मिसेस इण्डिजिनियस प्रतियोगिता गर्दै आयोजक तामाङले बताइन् ।

मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप एवम् समाजसेवी समेत रहेकी शान्ता तामाङले सन् २०१६ देखि मिस एण्ड मिसेस ईण्डिजिनियस प्रतियोगिता संचालन गर्दै आएकी छन् । महिलाहरु चुलो र चौकोमा मात्रै सिमित नभई मौका पाएमा हरेक क्षेत्रमा काम गर्न सक्ने गरी चौतर्फी क्षमता विकास गर्ने उदेश्यले हरेक बर्ष यो प्रतियोगिता संचालन गर्दै आएको तामाङले बताइन् ।

विभिन्न जनजाति आदिवासी भेषभुषा एबं संस्कृतिको समिश्रणका साथै संस्कृति तथा रहन सहन सम्बन्धि विवाहित र अविवाहित गृहिणी र व्यावसायिक महिला दिदी बहिनी मार्फत स्वदेश तथा बिदेशमा समेत प्रबर्द्धन एबं सामाजिकीकरण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक तामाङले प्रष्ट पारिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार