सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । अन्य दललाई पनि समावेश गर्ने गरी हाल खानेपानी, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार