टेक बिसीको “मायाले मार्यो” सार्वजनिक

गायक टेक बिसीको नयाँ गीत “मायाले मार्यो” युट्युवमा सार्वजनीक भएको छ । हालै सार्वजनिक भएको गीतमा शब्द संगीत उमेश मुस्कानको छ । यस गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् ।

झुम्न मिल्ने गीतको म्युजिक भिडीयोमा उद्धव बिसी र रिचा थापाको अभिनय रहेको छ । यो गीत  सुन्दा  रमाइलो महसुस गराउने भएको हुँदा  गीतले सबैको मन जित्नेमा आफु विश्वस्त रहेको गायक टेक बिसीको भनाई छ ।

गीतको अडियो र भिडीयो राम्रो बनेकोले श्रोता दर्शकले यो गीतलाई मन पराउने उनको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार