काठमाडौं । बहुचर्चित ३३ किलो सुनकाण्डमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतले महावीर गोल्यान बाहेक अरुको हकमा फैसला सुनाएको हो ।
सर्वोच्चले सुनकाण्डमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महावीर गोल्यानलाई धरौटीमा छोड्ने फैसला गरेको छ ।
यस्तै, उच्च अदालत विराटनगरको आदेश सदर भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले शुक्रबार गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । गोल्यानसँग १० लाख धरौटी माग गरेको र अन्यको हकमा उच्च अदालतकै आदेश सदर भएको छ ।
उच्च अदालतले यसअघि सई बालकृष्ण सञ्जललाई साधारण तारेखमा छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए ।










