
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत “मायालु तिमी कता छौं” सार्वजनिक भएको छ। ‘कार्टुन्ज क्रु’ का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको दमदार अभिनय रहेको छ ।
गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत रहेको छ । उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिंग गरेका हुन्।
भिडियोको निर्देशक सरोज ओलीले गरेका हुन। म्युजिक भिडियोमा गायिका स्मिता दाहाल स्वयम पनि पानीमा भिज्दै नृत्य गरेकी छन्। भिडियो संजय लामाले खिचेका हुन्।
विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन्।
गीत हेर्नुहोस












