विप्लव समूहसँगको वार्ताले औपचारिकता पाउन सकेन : सरकार

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताएको छ । विप्लव समूहसँग भएको वार्ताबारे जानकारी दिन बुधबार  आयोजना गरिएको कार्यक्रममा वार्ता टोलीका  पूर्व संयोजक सोमप्रसाद पाण्डेले वार्ता सफल हुन नसकेको बताएका हुन् ।

सरकारले गठन गरेको वार्ताटोलीको लागि ताेकेकाे समय  सकिनै लाग्दा समेत वार्ताले पूर्णता नपाएको पाण्डेले जानकारी गराएका छन् । यसअघि नै सरकारले २०७५ साल भदौ ८ गते पाण्डेको संयोजकमा उत्तस्तरीय समिति गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार