धारा ३७० खारेजीका बिषयमा मोदीले देशवासीका नाममा संवोधन गर्दै

काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीका नाममा संवोधन गर्दैछन् । जम्मु कश्मीरबारे संविधानमा भएको धारा ३७० खारेज गरिएको बिषयमा उनले देशवासीका नाममा बिशेष संवोधन गर्न लागेका हुन ।

भारतिय संचारमाध्यमहरुका अनुसार बिहीबार साँझ प्रधानमन्त्री मोदीले संवोधन गर्नेछन् । सरकारी रेडियो आकासवाणीले आफ्नो आधिकारीक टुइटरमा मोदीले दिउँसो चार बजे संवोधन गर्ने जानकारी गराएको थियो । तर, उक्त टुइट पोष्ट भएको केहिबेरमा हटाइएपछि मोदीको संवोधनको समय भने एकिन भएको छैन ।

मोदीले देशवासीका नाममा गर्न लागेको संवोधनमा आज बिशेष कुरा आउन सक्ने जानकारहरुले अनुमान गरेका छन् ।
धारा ३७० खारेजीका सवालमा मोदीले सरकारी धारणा राख्ने र जम्मु कश्मीरबारे देशवासीलाई महत्वपुर्ण आव्हान गर्ने बताइएको छ ।
मोदीले गर्ने संवोधनलाई बिशेष रुपमा हेरिएको छ ।

मोदी सरकारले कश्मीरलाई लिएर थालेको कदमको भारतमा मिश्रित धारणाहरु आइरहेका छन् । जम्मु कश्मीरलाई लिएर धेरैले मोदी सरकारको कदम सकारात्मक भनेका छन् भने कसैले संघियतामाथीको प्रहार भनेका छन् ।

साथै कतिपयले मोदी सरकारले भारतमा रहेका अल्पसंख्यक धार्मिक र जातिय समुदायमाथी दमन गरेको संज्ञाका रुपमा पनि लिइरहेका छन् । विपक्षी नेताहरुले मोदी सरकारले संविधानको उलंघन गर्दै भारतका लागि कालो दिनका रुपमा परिभाषित समेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार