समाजमा अराजकता बढ्दै गएकोप्रति मन्त्री भट्टराईको चिन्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले समाजमा जनतालाई भड्काउने खालका गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय देखिन थालेका उछृङ्खल गतिविधिले राम्रो सन्देश नदिने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले अराजकता र उछृङ्खल गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने बताए ।

‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ,’ उनले भने, ‘त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार