चिनियाँ कम्युनिष्ट नेताले नेपाली कम्युनिष्ट नेतालाई दिए ४ सुझाव


काठमाडौं । चिनियाँ कम्युनिष्ट नेताहरुले नेपाली कम्युनिष्ट पार्टी र नेताहरुलाई विभिन्न सुझाव दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा काठमाडौंमा सोमबार भएको विचारधारात्मक कार्यक्रममा चिनियाँ कम्युनिष्ट नेताहरुले नेपालका कम्युनिष्ट नेताहरु जनताको सेवामा कृयाशिल हुन सुझाव दिएका हुन ।

कार्यक्रममा निचियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय कमिटीका अन्तरराष्ट्रिय विभागका मन्त्री सोङ ताओले बिषेशगरी ४ वटा सुझाव दिए।
मार्क्सवाद जडसूत्र होइन, आर्थिक उन्नतिमा जोड देऊ,जनताको सेवा गर र आत्म क्रान्ति भन्दै मुख्यगरी ४ वटा सुझाव दिए ।

चिनियाँ कम्युनिष्ट नेता ताओले चीन र नेपालका दुबै कम्युनिष्ट पार्टीले मार्क्सवादको विकास गरिरहेको र चीनले चिनियाँ विशेषतायुक्त समाजवादको विकास गरिरहेको बताए । ‘मार्क्सवाद जडसूत्रवाद होइन, तथ्यवाट सत्य खोज्ने सिद्धान्त र अभ्यास नै चिनियाँ विशेषतायुक्त चिनियाँ मार्क्सवाद हो, चिनियाँ जनताको पुनरुत्थान हो, उनले भने।’

७० वर्षअघि दुबै देशका कम्युनिष्ट पार्टी सँगसँगै जस्तो स्थापना भएको बताउँदै नेता ताओले दुबै देशका कम्युनिष्ट पार्टीहरुले मार्क्सवादको विकास गरिरहेको बताए । उनले चिन र नेपालमा कम्युनिष्ट पार्टीले मार्क्सवादको विकासको लक्ष लिएको उनको भनाई थियो ।

चिनियाँ नेता तओले कम्युनिष्ट पार्टी भनेकै सर्वहारा, गरिब र पिछडिएका जनताको पार्टी भएकाले उनिहरुको पक्षमा लडिरहनु पर्ने बताए । देशका जनताको आर्थिकस्तर परिर्वतन हुनुपर्नेमा जोड दिदै नेता ताओले नेपालका कम्युनिष्ट नेताहरुलाई आर्थिक उन्नतिको बाटोमा देशलाई अघि लैजान आग्रह समेत गरे ।

उत्पादक शक्तिको विकासका कारण पुँजीवाद भन्दा समाजवाद श्रेष्ठ भएको उनको भनाई थियो । चिनियाँ कम्युनिष्ट नेता ताओले सि जिन पिङको लाइन अनुसार आर्थिक निर्माण सम्पूर्ण समस्या समाधानको अस्त्र भएको तर्क समेत गरे ।

त्यस्तै नेता ताओले नेपाली कम्युनिष्ट नेताहरुलाई अर्को महत्वपुर्ण सुझाव दिएका छन् । उनले आफ्नो संवोधनका क्रममा भने, कम्युनिष्ट पार्टीको मुल उदेश्य भनेकै जनताको सेवा गर्नु हो, मार्क्सले कम्युनिष्ट पार्टीको घोषणापत्रमा सर्वहारावर्गको चर्चा गर्दा सबै जनताको हितलाई हेरेर गरेका हुन, जनताकै लागि कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

अहिले चीन र नेपाल दुबै देशमा कम्युनिष्ट पार्टीले शासन गरिरहेकाले सम्पुर्ण जनताको जीवनस्तरमाथि उठाउनु आफहरुको मुख्य लक्ष्य भएको बताए ।

नेपालका कम्युनिष्ट पार्टीसंग आफुहरु सहकार्य गर्न इच्छुक रहेकाले नेपालको विकास कार्यमा आफ्नो सहयोग रहने समेत उनले बताए ।
चिनियाँ नेता ताओले नेपाली कम्युुनिष्ट नेताहरुलाई चौथौ सुझावका रुपमा आत्मक्रान्ति अर्थात शुद्धीकरण गर्नु भनेका छन्।

नेपाली कम्युनिष्ट नेताहरुको जिवनशैली सर्वहारा जनताको नेता भन्दा पनि पुँजीपति बर्गको जस्तो देखिदै आएको यो सुझाव ब्याङग्यात्मक पनि भयो ।

कम्युनिष्ट पार्टी र नेताहरु अरु भन्दा भिन्न र फरक हुनुपर्नेमा नेता ताओले जोड दिए । कम्युनिष्टहरुले आफूलाई शुद्धीकरण गर्दै जाने, आफ्नो क्षमता बढाउने र राजनीतिक संस्कार विकासमा जोड दिनुपर्ने समेत उनले सुझाव दिए ।

पार्टीभित्रको शुद्धीकरणका लागि चिनियाँ कम्युनिष्ट पार्टीले अझै कडा निर्णयहरु गरिरहेको उनले सुनाए ।

आफ्नो संविेधनका क्रममा नेता ताओले चिनियाँ राष्ट्रपति सि जिनपिङले विश्वका सबै सर्वहारा वर्गवीच एकताको आह्वान गरेको समेत उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीवीच विचारधारात्मक छलफल कार्यक्रम उदघाटन समारोहमा नेकपाका तर्फबाट प्रधानमन्त्री केपी ओली , प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, इश्वर पोखरेल, लगायत शिर्ष नेताहरु उपस्थित थिए ।

दुई देशका सत्तारुढ कम्युनिष्ट पार्टीवीचको छलफल कार्यक्रमको आयोजक नेकपाको केन्द्रीय पार्टी स्कुल विभागले गरेको थियो ।
दुबै देशका कम्युनिष्ट नतोहरुबीच भोली (मंगलबार) पनि विहान १० बजेदेखि साँझ ६ बजेसम्म छलफल हुनेछ । मंगलबारको छलफलमा चिनियाँ नेताहरुले नेकपाका नेताहरुलाई प्रशिक्षण दिन कार्यतालिका रहेको नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार