आईसीसीको टी–ट्वान्टी वरियतामानेपाल दुई स्थान झर्यो

काठमाडौं ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसील अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल १३ औं स्थानमा पुगेको छ ।अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो ।नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १९० रेटीङ अंक पाएको छ ।

हालै सिंगापुरमा त्रिकोणात्मक र ओमानमा भएको पाँच देशीय टी(ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ । सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो । एसोसियट राष्ट्र मध्यको टी ट्वेन्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।टी(ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार