दुर्गेस थापा पछि चर्चित र्यापर भिटेन पक्राउ


काठमाडौं । पछिल्लो समय बजारमा आएका केहि गीत संगीतले समाजमा बिकृती फैलाएको भन्दै प्रहरीले त्यस्ता केहि कलाकारहरुलाई पक्राउ गरेको छ ।

तिहार गीत भनेर बियर, रक्सी खान उस्काउने खालको गीत गाएको भन्दै पक्राउ परेर रिहा भएका गायक दुर्गेस थापापछि चर्चित र्यापर समिर घिसिङ  ‘भिटेन’ लाई प्रहरीले पक्राउ गरेको छ ।उनलाई बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो।

अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए। भिटेनका ‘ हामी यस्तै त हो नी ब्रो’ र्याप गीत अहिले चर्चित छ ।

उनि र्याप गीतमा चलेका कलाकार हुन । भिटेन गाउने अधिकांस र्याप गीतमा प्रयोग भएका पक्राउ परेका भिटेनले आफ्नो गीत युट्युबबाट हटाइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार