काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । सात वटै प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्न भन्दै सरकारले
सोमबार बिहान ११ बजे बैठक ठाकेको हो । बैठकबाट सात वटै प्रदेश प्रमुखलाई नियुक्त गरिने बताइएको छ ।
आइतबार साँझ नै बैठक बस्ने भनिएपनि आन्तरिक तयारी नपुगेका कारण आजसम्मका लागि बैठक स्थगन भएको थियो ।
हिजो (आइतबार) बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । आइतबार सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि सरकारले नयां प्रदेश प्रमुख नियुक्त गर्न लागेको हो ।










