१३ औं साग अन्तरर्गत कबड्डीमा महिलाको सुखद जित, पुरुष बाङ्लादेशसँग पराजित

काठमाडौं । १३ औं दक्षिण एसियाली खुलकुद प्रतियोगिता साग अन्तरर्गत कबड्डीमा महिला टोलीले जित हात पारेका छन् । बुधबार विहान भएको दोस्रो खेलमा नेपाल बाङ्लादेशसँग ११ अंकले बिजयी भएको छ ।

महिला तर्फ नेपाल र बाङ्लादेशबीच भएको खेलमा बाङ्लादेशले २५ अंक ल्याउँदा नेपालले ३६ अंक ल्याएको थियो । यसअघि भारत र श्रीलंकाबीच भएको खेलमा भारत बिजयी भएको थियो । श्रीलंकाले १४ अंक ल्याउँदा भारतले ५३ अंक ल्याएको थियो ।

त्यसैगरी आजै भएको पुरुष तर्फको खेलमा भने नेपालले जित हात पार्न सकेन । बाङ्लादेशसँग खेलेको नेपालले बाङ्लादेशको ४३ अंक आइसक्दा नेपालले जम्मा १५ अंक ल्याएको थियो ।

त्यस्तै पुरुष तर्फको पहिलो खेलमा पाकिस्तानलाई हराउदै श्रीलंका २ अंकले बिजयी भएको थियो । श्रीलंकाले २९ ल्याउँदा पाकिस्तानले २७ अंक ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार