झगडा छुटाउन गएका ब्यक्तिको उल्टै कुटेर हत्या

धनुषा । दुई पक्षबीचको झगडा छुटाउन गएका एक ब्यक्तिको उल्टै कुटेर हत्या भएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. १२ मा दुई पक्षबीच भइरहेको कुटपिट साम्थ पार्न खोज्दा स्थानिय रघुनाथपुरका ५१ वर्षीय सोनेलाल कुलामीको उल्टै काठको चिरपटले हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतका छोरा सूर्य नारायणका अनुसार दुई पक्षबीच भइरहेको कुटपिटमा संलग्नलाई सोनेलालले झगडा नगर्न सम्झाउन खोज्दा उल्टै स्थानीय धर्मदेव राउत, कपिल सदा, अशेष यादव, जितेन्द्र राउत, अमरजित राउत र सोनु भनिने मोनु यादव लगायतको समुहले बाँस र काठको चिरपटले हानेका थिए ।

उनिहरुको कुटाइबाट गम्भिर घाइते सोनेलाललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेको आरोप लागेका उनिहरुलाई पक्राउ गरेर अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार