
काठमाडौँ । प्रधानमन्त्री केप शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नागरिकलाई सन्देश पठाएका छन् ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्यलाभ गराइरहेका ओलीले शुक्रबार आफ्ना सल्लाहकार बिष्णु सरमालसंगको छोटो कुराकानीमा आफ्नो स्वास्थ्य तिर्वरुपले सुधार भइरहेको सन्देश पठाएका हुन ।
कुराकानीमा प्रधानमन्त्री ओलीले आफु छिट्टै काममा फर्किने सन्देश समेत दिएको सल्लाहकार रिमालले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
“सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रि ज्यू सँग कुरा गर्ने अबसर मिल्यो। उहांले भन्नु भयो, साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु”, सल्लाहकार रिमालले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई उनकी भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको छ । उनलाई नमर खानेकुरा समेत दिइएको छ । अस्पतालका अनुसार ओलीलाई एकसाताभित्रै डिस्र्चाज गरिनेछ ।









