सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ


जनकपुर । सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।महोत्तरीमा दुई साताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार ४ जनालाई पक्राउ गरेको हो ।

बलात्कारमा संलग्न ७ जनामध्ये चार जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-६ का ३४ वर्षीय सन्तोष ठाकुर, २५ वर्षीय कुमार प्रभात, २६ वर्षीय खुशनुर अन्सारी र २४ वर्षीय राजु ठाकुर रहेका छन् ।

पक्राउ परेकासहित ७ जनाले परिक्रमा मेला हेर्न गएका १६ र १७ वर्षीया दुई किशोरीलाई जवरजस्तीकरणी गरेको प्रहरीमा उजुरी छ । प्रहरीले घटनामा संलग्न अन्य ३ जनाको खोजी गरिरहेको छ ।

सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेकी दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार