धादिङका हिमेश पन्त बने नेपालको पहिलो कमेडी च्याम्पियन, पाए नगद २५ लाखसहित कार


काठमाडौं । नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छन् । शनिबार सम्पन्न नेपाली रियालिटी सो कमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा सबैभन्दा बढि मत पाएर पन्त कमेडी च्याम्पियन घोषित भएका हुन । जितसँगै उनले नगद २५ लाख लगायतका अन्य पुरस्कार प्राप्त गरेका छन् ।

ग्राण्ड फिनालेमा धादिङका पन्तसंगै झापाका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुन सहभागि थिए । दर्शकको मतका आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।

कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिएन भने शोको होस्टमा लोकपृय संचालिका एवम् नायिका रीमा विश्वकर्मा थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार