प्रचण्डले भने, ‘मैले एकजना पनि मारेको छैन, म कोमल हृदयको छु,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफू एक मान्छे पनि नमारेको बताएको छन् ।
समय परिस्थितिले दश बर्षे जनयुद्ध र हिंसात्मक सङ्घर्षको नेतृत्व आफुले गरेपनि एकजनाको पनि हत्या नगरेको प्रचण्डको भनाई छ।

शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा लोकार्पण पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, म बडो.साहित्यिक हृदयको छु, र भावनात्मक व्यक्ति पनि हुँ । त्यसैले मैले आजसम्म कसैलाई एक लपेटो हानेको पनि छैन, खाएको पनि छैन ।

सुन्दा अचम्म लागेपनि आफ्नै नेतृत्वमा तेत्रो जनयुद्ध हुँदा पनि आफुले एकजनाको पनि हत्या नगरेको प्रचण्डको भनाइ थियो । तर, आफ्नो नेतृत्वमा हिंसात्मक विद्रोह भएकाले त्यसको जिम्मेवारी आफुले लिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार