वीरगञ्ज अस्पतालमा पीसीआर मेसिन पुग्यो, अन्य सामान नहुँदा तल्काल परीक्षण नहुने

वीरगञ्ज । नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्जमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन ल्याइएको छ । वीरगञ्जमै कोरोनाको परीक्षण गर्नका लागि प्रयोगशालामा प्रयोग गरिने पीसीआर मेसिन ल्याइएको हो ।

अस्पतालमा पीसीआर मेसिन पुगेपनि कोरोनाको परीक्षण तत्कालै सुरु नहुँने बताइएको छ । परीक्षणका लागि चाहिँने अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने अधिकारीहरुले बताएका छन् ।

पीसीआर मेसिन प्रदेश २ सरकारले वीरगञ्जलाई बुधबार नै उपलब्ध गराएको थियो । अन्य सामाग्री भने अस्पतालले जुटाउन पहल गरिरहेको छ । अस्पतालका अनुसार परीक्षणका लागि चाहिने मलेकुलर ल्याबको लागि पनि पहल भइरहेको छ ।

ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने बताइएको छ । ती औजारहरु जुटाउनका लागि पहल भइरहेको बताइएको छ ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार बाट नै कोरोना परीक्षण सुरु हुने दाबी गरेका थिए । तर, परीक्षणका लागि चाहिने आवश्यक सामाग्री पुरा नहँदा परिक्षण रोखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार