
जनकपुर । राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकामा विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै स्थानीयले विरोध गरेपछि राहत वितरण रोकिएको हो ।
गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष बिसुनदेव साहले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरिब, विपन्नलाई नदिएको भन्दै स्थानीयले वडामै गएर विरोध प्रदर्शन गरेका छन् ।
लकडाउनको उल्लंघन गर्दै दर्जनौंको संख्यामा आएका स्थानीयले वडा कार्यालय घेराउ गर्नुका साथै वडा अध्यक्षसहितका जनप्रतिनिधिविरुद्व चर्को नाराबाजी गरेका थिए ।
वडा कार्यालयले शनिबार नै राहत वितरण गर्न लागेको थियो । स्थानीयको विरोधपछि राहत वितरण रोकिएको छ ।










